गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जित्यो

काठमाडाैं | जेठ २१, २०८०

गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जित्यो

पोखरा: गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।

 

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नवलपुरलाई १८ रनले पराजित गरेको हो । उपाधि जिते संगै कास्कीले ट्रफीका साथ नगद १ लाख हात पार्न सफल भएको छ  भने उपविजेता रहेको नवलपुरले नगद रु ५० हजार प्राप्त गरेको छ ।

 

नवलपुरले टस जितेर व्याटिङको निम्तो दिएको कास्कीलाई आफ्नो होम ग्राउण्डमा पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १४२ रन बनाएको थियो । खेलमा अभिषेक थापाले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३६ रनको पारी खेले । त्यस्तै सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाएका छन् ।

 

नवलपुरबाट बलिङ गरेका अपराजित पौडेलले ४ ओभरको स्पेलमा १९ रन खर्चिएर ३ विकेट लिए । कैलाश पगेनीले २ विकेट हात पार्दा शिसिर भुसाल र विशाल पौडेलले समान १–१ विकेट लिएका थिए ।

 

यता १४३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नवलपुर १२४ रनमा समेटिन पुग्यो । नवलपुरलाई व्याकफुटमा धकेल्न कास्कीका सिव्रिन श्रेष्ठको बलिङ रह्यो । उनले ओपनर रोविन तिमिल्सिनालाई डक आउट पेभिलिएन फर्काए पछि नवलपुरले सम्हालिने मौका नै पाएन । सिव्रिनले नवलपुरका सन्देश बस्नेतलाई व्यक्तिगन १३ रनमा आउट गरे । यता अभिषेक थापाले समेत २ विकेट झारे । उनले प्रोमिस अर्याललाई १७ र रिजन काफ्लेलाई १९ रनमा नै पेविलिएनको बाटो देखाए । 

 

गत जेठ १४ गतेबाट सुरू भएको प्रतियोगितामा म्यान अफ दि सिरिजको उपाधि नवलपुरका अपराजित पौडले घोषित भएका छन् । उनले ट्रफीसहित नगद ४ हजार हात पारे । उनी नै बेष्ट बलर घोषित भए । वेष्ट व्याट्म्यान कास्कीका मुस्कान थापा बन्न सफल भए । उनीहरुले जनही नगद २–२ हजार हात पारे । फाइनल खेलको म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा भएका छन् । उनले नगद १ हजार प्राप्त गरे ।

 

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई कार्यक्रमका संयोजक एवं प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम र कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कार वितरण गरेका थिए ।

 

प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङजा, बागलुङ र म्याग्दीको गरी ८ टिमको सहभागिता रहको थियो ।
 

ललितपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ । बैठकमा त्यसपछि पार्टी अध्यक्ष केप...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्य...

थप पढ्नुहोस्